कोरोना कोषमा १५ दिनको तलव दिन राजपा सांसद तयार



 

राष्ट्रिय जनता पार्टी राजपाका सङ्घीय सांसदहरु पनि सरकारले गठन गरेको कोरोना कोषमा १५ दिनको तलव दिने निष्कर्षमा पुगेका छन् । आपसी छलफल र सहमतिपछि राजपा सांसदहरु कोषमा १५ दिनको तलव दिन तयार भएका हुन् । पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको तर्फबाट महासचिव केशव झाले सूचना प्रकाशित गरी कोषमा सबै सांसदका तर्फबाट १५ दिनको तलव दिइने बताए ।

संसदीय दलका कर्मचारी र पार्टीको कर्मचारी सबै सेल्फ क्वारेन्टाइनमा रहेकोले लिखित विज्ञप्ति भने जारी गर्न नसकिएको राजपाले जनाएको छ । यसअघि नेकपाका सांसदले १५ दिनको तलव कोषमा दिने घोषणा गरेका थिए ।