बरपिपल सहकारीद्वारा बुद्धशान्तिको बिपद व्यवस्थापन कोषमा २१ हजार सहयोग



 

बुधवारे– बरपिपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले शनिवार बुद्धशान्ति गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ । बिपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउने गरी सहकारीले कोषमा रकम सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष हरि पौडेल, उपाध्यक्ष छत्र कार्की, सदस्य अनिल वाग्ले, भवानी शंकर उप्रेती, कृष्ण कटवाल लगायतको टोलीले रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईंलाई हस्तान्तरण गरेको छ ।

सहकारीको शनिवार बसेको बैठकले लक डाउनले समस्यामा परेका आफ्ना सेयर सदस्यलाई ५ हजार रुपैयाँ सापटी रकम प्रदान गर्ने निर्णय पनि गरेको छ । सापटी रकम लिन चाहने सेयर सदस्यले पासबूक कार्यलयमा लिएर आउनुपर्नेछ । लक डाउनको समयमा सहकारीले आइतबार र बिहीवार १२ देखि २ बजेसम्म कार्यालय खोलेर सेवा प्रदान गरिएको छ ।