अक्षय कुमार भन्छन्, ‘फी तिर्न र किताव किन्न पैसा हुँदैनथ्यो’



 

केही पहिले फोर्ब्स म्यागजिनले विश्वमा सबैभन्दा धेरै कमाउने अभिनेता तथा अभिनेत्रीको सूची सार्वजनिक गरेको थियो । त्यो सुचीमा भारतीय अभिनेता अक्षय कुमार पनि परेका थिए । अक्षय यो सूचीमा लगातार दोस्रो पटक परेका हुन् ।

गतवर्ष यो सुचीमा परेपछि अभिनेता अक्षय कुमारले सफलताबारे विभिन्न मिडियामा बोलेका थिए । उनले भनेका थिए, ‘मैले कहिल्यै सोचेको थिइनँ, मेरो जीवनमा पनि यस्तो दिन आउला । मेरो नाम कुनै सुचीमा समावेश होला । किनकि मलाई आज पनि त्यो दिन याद छ जहिले म एक्टिङ स्कुलका लागि पुराना किताब किन्न पनि सक्दिनथेँ ।’

उनले भनेका थिए, ‘मलाई अहिले पनि त्यो दिन याद आउँछ जुन दिन म मुम्बइमा अभिनय सिक्न चाहन्थेँ तर मसँग फी तिर्ने पैसा पनि थिएन ।’ उनले थपेका छन्, ‘त्यसैले मैले एउटा किताब खोजेँ, हाउ टु लर्न एक्टिङ । मैले त्यो किताब पनि भेटेँ चर्चगेट स्टेसनबाहिर । तर, किताबलाई ११८ रुपैयाँ पर्दो रहेछ र मेरो खल्तीमा ७२ रुपैयाँमात्र थियो ।’

‘मलाई त्यो किताब किन्न नसक्दा अत्यन्त अफसोस भएको थियो तर त्यो किताबको दोस्रो पानामा लेखेको कुरा मलाई निकै मन पर्यो’ अक्षयले भनेका छन्, ‘त्यसमा एउटा राम्रो अभिनेता बन्न राम्रो व्यक्ति बन्न पनि आववश्यक भएको कुरा लेखिएको थियो । पछि मैले त्यो किताब खोज्दा पनि भेटिनँ ।’