कोरोनाबाट आफू बचौँ, अरुलाई बचाऔँ



 

रञ्जना खतिवडा

नयाँ बर्ष लाग्यो । सम्वत फेरियो । तर, २०७६ मा छाएको त्रासले २०७७ को पहिलो दिनबाट झनै त्रसित बनाउँदै लगेको छ । सुखद खबरका साथ दिनको सुरुवात होला भनेर सोचेकी थिएँ । तर त्यस्तो भएन। सरकारले कोरोना रोकथामका लागि काम गरिरहँदा हामी जनताले पनि साथ दिनुपर्छ।

चैतको दोस्रो साताबाट गरिएको लक डाउनको अवधि सँगसँगै संक्रमितको संख्या पनि बढिरहेको छ। लक डाउनको अवधिमा परिवारका साथ घरमै बसेर आफू लगायत आफ्नो परिवारलाई कोरोनाको संक्रमणबाट जोगाउने कोशिस गरिरहेका छौँ । कोरोनाको संक्रमणबाट आफू बाँच्न सके आफ्नु परिवार बचाउन सकिन्छ ।

परिवार बाँचे समाज बाँच्छ । समाज बाँचे जिल्ला, जिल्ला बाँचे अञ्चल ,अञ्चल बाँचे प्रदेश, प्रदेश बाँचे देश । त्यसैले म मेरो लागि होइन, मेरो परिवार र मेरो देशको लागि लक डाउन भरि घरभित्र बस्ने छु। म मरे पनि मेरो देश बाचि रहोस् होइन, म पनि बाँच्न सकुँ, अनि देश पनि बचाउन सकौँ ।