बलिउड अभिनेता ऋषि कपुरको निधन



बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेर फर्किएका थिए । हिजो मात्र अर्का बलिउड अभिनेता इरफान खानको निधन भएको थियो ।