चन्द्र दर्शन सहकारीद्वारा विपन्नका लागि एक लाखको चामल



 

दमक– चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्था कमल–५ झापाले बिहीवार विपन्न समुदायका लागि चामल उपलब्ध गराएको छ । सहकारी संस्थाले १ लाख १४ हजार बरावरको चामल दुईवटा पालिकालाई दिएको हो ।

लक डाउनका कारण मर्कामा परेका विपन्न परिवारलाई राहत दिने गरी कमल गाउँपालिका र गौरादह नगरपालिकालाई चामल उपलब्ध गराइएको संस्थाले जनाएको छ । सहकारीका व्यवस्थापक राजु थापाका अनुसार मुख्य कार्यालयसहित कमलको केर्खा र गौरादह सेवा केन्द्र भएका पालिकालाई ती खाद्यान्न प्रदान गरिएको हो ।

आफ्नो सदस्य भएका वडाका विपन्न समुदायलाई लक्षित गरी सो राहत उपलव्ध गराइएको उनले बताए । सहकारीले मुख्य कार्यालय रहेको कमल ५सहित ६,७, केर्खा सेवा केन्द्र अन्तर्गतका कमल ३,४ गरी ५ वटा वडा कार्यालयलाई जनही १५ वोरा र गौरादह नगरपालिकाको राहत कोषमा एकमुष्ठ ३७ बोरा चामल बुझाइएको अध्यक्ष बालकृष्ण गौतमले बताए ।