एक सय २२ प्रहरीमा कोरोना भाइरसको संक्रमण



 

भारतमा एउटै बटालिएनका एक सय २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। टाइम्स अफ इन्डियाका अनुसार दिल्ली मयुर बिहारस्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ बटालिएनका प्रहरीहरुमा कोरोना भाइरस देखिएको हो ।

एक सब–इन्स्पेक्टरको कोरोना भाइरसका कारण मृत्यु भएपछि सीआरपीएफ बटालिएनका सबै सबै प्रहरीको स्वाब परीक्षण गरिएको थियो। उक्त बटालिएनमा ४८० जना प्रहरी थिए।

हालसम्म भारतमा ३७ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये १२ सय २३ को मृत्यु भएको छ भने दश हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी