शिखर सहकारीद्वारा ३६ जना कर्मचारीको कोरोना बीमा



 

बिर्तामोड–शिखर बचत तथा ऋण सहकारी संस्था विर्तामोड–५ ले आफ्ना ३६जना कर्मचारीको कोरोना इन्स्योरेन्स गरेको छ । संस्थाले यो महामारीमा चैत २६ गतेदेखि हप्ताको दुई दिन कार्यालय खोलेर सामाजिक दुरी कायम गदै सदस्यलाई अत्यावश्यक अवस्थामा खातामा रहेको रकम रु २५ हजारदेखि बढीमा पाँचलाख सम्म दिँदै आएको छ ।

आइतवार र बुधबार संस्थाले दुई सेवा केन्द्रसहित मुख्य कार्यालय खुल्ला गरी सेवा प्रदान गर्ने जनाएको छ । सदस्यले फोन गरेको अवस्थामा घर घरमै गएर पनि लकडाउन सुरु भएपछि निरन्तर सेवा दिँदै आएको छ । यो महामारीमा संस्थाले आफ्ना सदस्यहरुलाई कुनै समस्या नपरोस् भनेर निरन्तर सदस्यसँग सम्पर्कमा रहन पनि कर्मचारीलाई आह्वान गरेको छ ।

कर्मचारीहरु यस्तो अवस्थामा पनि सदस्यहरुको सेवामा हरदम तयार रहेर सुरक्षित तवरले सेवा दिन कुनै अफ्ट्यारो नमानी, सेवामा निरन्तर लागेको हुनाले संस्थाले कर्मचारीको जोखिम न्युनीकरणका लागि यो इन्स्योरेन्स गरेको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले बताएका छन् । ‘सेवा र सहयोग नै संस्थाको मुख्य ध्येय रहेको र त्यो पूरा गर्नु संस्थाको जिम्मेवारी रहेको अध्यक्ष राउत बताउँछन् ।

सरकारले कोरोनाको महामारी फैलिएसँगै बढीमा १ लाख सम्म कोरोना इन्स्योरेन्स गर्न पाइने नियमसँगै संस्थाले जोखिम न्युनीकरण गर्न कर्मचारीको इन्स्योरेन्स गरेको अध्यक्ष राउतले बताए । लक डाउनको अवधिमा मोवाइल बैकिङ्ग एक्टिभ गदै विभिन्न सेवा थप गरी डिजिटल कारोवार गर्न सदस्यहरुलाई प्रोत्साहन गर्दै आएको छ । सदस्यहरुलाई कोरोना भाइरसबाट सचेत रहन र सुरक्षित रहन विभिन्न सामाजिक सञ्जाल मार्फत बिभिन्न गतिविधि गर्दै आएको छ ।