नेपाली काङ्ग्रेसद्वारा माङसेबुङ गाउँपालिकालाई डेढ लाख सहयोग



 

माङसेबुङ– नेपाली काङ्ग्रेस माङसेबुङ गाउँ समितिले इलामको माङसेबुङ गाउँपालिकालाई १ लाख ५० हजार पाँच रुपैयाँ सहयोग गरेको छ । सोमबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा पुगेर काङ्ग्रेसले विपन्नको राहतका लागि रकम हस्तान्तरण गरेको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र लेखा अधिकृत मञ्जु भट्टराईलाई गाउँ समिति सभापति इन्द्र सम्बाहाम्फेले सहयोग हस्तान्तरण गरेका हुन् ।

असक्त परिवारलाई राहत दिन सहयोग गरेको नेपाली काङ्ग्रेस गाउँ सचिव सुमन खनालले बताए । पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको स्वेच्छिक सहयोगमा रकम सङ्कलन भएको हो ।

रकमबाट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको उनले जानकारी दिए । यसअघि गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा गाउँ कमिटीले १ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो । माङसेबुङ गाउँपालिकाले पहिलो चरणमा १ हजार १ सय ८६ घरपरिवारलाई राहत दिइसकेको छ ।