खर्च नभएको २० अर्ब बजेट फिर्ता



 

काठमाडौँ– अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय मातहतको बजेट फिर्ता लिन थालेको छ । खर्च गर्न नसकेको बजेट अर्थले धमाधम फिर्ता लिइरहेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले चैत मसान्तसम्म २० अर्ब बजेट फिर्ता लिइएको बताए । चैत मसान्तसम्म खर्च नभएको बजेट फिर्ता गर्नु पर्ने प्रावधान छ ।

सरकारले बजेट कार्यान्वयन गर्न बनाएको कार्यविधि अनुसार चैत मसान्तसम्म खर्च नभएको र हुन नसक्ने देखिए बजेट फिर्ता गर्नुपर्छ । कोभिड १९ सँग लड्न स्रोत व्यवस्थापनका लागि यसअघि अर्थमन्त्रालयले विभिन्न १४ शीर्षकका बजेट रोक्का गरेको थियो ।