बजेट अधिवेशनको पूर्व सन्ध्यामा दुई सय तीन सांसदको कोरोना परीक्षण



 

काठमाडौँ– बजेट अधिवेशनको पूर्व सन्ध्यामा दुई सय तीन सांसदको स्वाब संकलन गरी परीक्षण सुरु गरिएको छ । प्रतिनिधिसभाका १७० र राष्ट्रियसभाका ३३ सांसदको स्वा संकलन गरिएको हो । अहिले राष्ट्रियसभामा ५८ र प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् ।

दुई सय तीन सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको संसद सचिवालयले जनाएको छ । उपत्यकामा रहेका सबै सांसदहरू परीक्षणमा सहभागी भएको संसदका सह–प्रवक्ता दशरथ धमलाले बताए ।

संकलन गरिएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको छ । सांसदको रिपोर्ट हेरेर मात्रै उनीहरुलाई प्रवेश दिने नदिने विषयमा टङ्गो लाग्ने सह प्रवक्ता धमलाले बताए ।