प्रदेशका मन्त्रालयबाट २ अर्ब ६७ करोड बजेट फिर्ता



 

मोरङ– प्रदेश १ सरकार अन्तर्गतका मन्त्रालय र विभिन्न निकायबाट २ अर्ब ६७ करोड बजेट फिर्ता भएको छ । लकडाउनले चालू वर्षको विकासको काम रोकिएपछि बजेट फिर्ता भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलका अनुसार प्रदेशका सातवटै मन्त्रालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश सभाले बजेट कटौती गरेर सरकारलाई फिर्ता गरिसकेका छन् ।

सबै भन्दाबढी १ अर्ब ८ करोड बजेट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजेट फिर्ता गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १३ करोड फिर्ता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट १९ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ६३ करोड रकम फिर्ता भएको छ ।