आशावादी बनौँ !



 

दीपेन्द्र राउत
देश लक डाउन भए पनि समयलाई लक डाउनले रोक्न सकिँदैन । समय आफ्नै गतिमा बढेको छ । सेकेन्ड, मिनेट, घण्टा, दिन हप्ता हँुदै महिना कटिसकेको छ । पृथ्वी घुमिरहेको छ । तर, विश्व लक डाउनमा छ । समय निरन्तर चलिरहेको छ । तर, विडम्वना हामी लक डाउनमा छाँै । कहिलेसम्म जाने हो लक डाउन भन्न सकिने अवस्था छैन् ।

घरमा बसौँ सुरक्षित बसौँ भन्ने नारा लगाइरहँदा के हामीले यसरी सधँै घरमा बसेर समस्या समाधान हुन्छ ? कि हामी सुरक्षित बसेर दैनिक कार्यलाई सरल बनाउँदै लानको लागि विकल्प खोज्नु पर्दैन र ? सरकारले राहत, संघ संस्थाले राहत, व्यक्तिले राहत, व्यवसायीले राहत, कति दिन दिन सक्ने यो प्रश्न छ ? यसरी पहिलो चरण, दोस्रो चरण, हँुदै कति चरणमा दिनुपर्ने हो राहत ? यदि यस्तै अवस्था रहने हो भने आहतमा भएकाहरुलाई राहतले कतिदिन दिने हो राहत ।

हामी लक डाउनमा बसिरहँदा कोरोना रोकथाम त होला । तर, देश र समाज आर्थिक हिसावमा पछाडि धकेलिन्छ । विभिन्न अर्थशास्त्रीहरुले विश्वको अर्थतन्त्र कमजोर रहने भनेर टिप्पणी गरिरहेका छन् । सरकार यो समयमा जनताको भन्दा आफ्नो चिन्तामा लागेको छ । नेता गणलाई आफ्नोे कुर्सी चाहिएको छ । पद चाहिएको छ । आफ्ना मान्छे कुर्सीमा चाहिएको छ अनि कसरी कोरोनासँग भन्दा भोकसँग लडन सकिएला !

कोरोनाको कहर त छँदै छ भोकको कहर झन् डरलाग्दो छ । हामी लक डाउन भनेर बसेका छौँ । तर सरकार आफ्नो गतिमा चलिरहेको छ । प्रकृतिबाट चल्ने सम्पूर्ण चिजलाई लक डाउनले कुनै प्रभाव पारेको छैन् । यो लक डाउनमा पनि सन्तान जन्मिरहेका छन् । तर, हामी लक डाउनमा छौँ । बैकको ऋणमा व्याज बढिरहेको छ । तर, हाम्रो व्यापार व्यवसायलाई लक डाउन लागेको छ ।

खेतबारीमा लगाएका अन्नबाली समयसँगै फलिरहेका छन् । तर, त्यसलाई बजारमा लगेर बेच्न हामीलाई लक डाउन लागेको छ । खोरमा कुखुरा, बाख्रा पशु सवै दिनप्रतिदिन बढिरहेका छन् तर हामीलाई लक डाउन लागेको छ । गाईलाई लक डाउनले केही प्रभाव थाहा छैन । तर, दुध बेच्न किसानलाई लक डाउन छ । व्यवसायिक तरकारी खेती गर्ने किसानले उत्पादन गरेका सामान विक्री गर्न लक डाउन छ ।

हरेक दिन जन्मदिन मनाइरहेका छौँ । हाम्रो उमेरलाई कसैले रोक्न सकेको छैन । तर, हामी लक डाउनमा छौँ । शरीरका अंगकपाल दारी दिनप्रतिदिन बढिरहेका छन् । तर, हामीलाई लकडाउन लागेको छ । कोरोना भाइरस विश्वमा फैलिएसँगै हाम्रो सरकारले पनि लक डाउन घोषणा गरिदियो । तर, आज तिनै सरकारलाई थाहा छैन । होला घोषणा गरेको आज कतिदिन भयो भनेर ! किनकि यो लक डाउनले सरकारमा बसेका मानिसलाई केही फरक परेको छैन । केवल फरक परेको छ त ती मजदुर, जो दैनिक शहरमा गएर रोजगारी गर्थे । दैनिक ज्याला मजदुरी गरेर आफ्ना परिवारलाई पालनपोषण गर्थे ।

फरक परेको छ, ती उद्योगीहरुलाई जसले आफ्नो भएको सबै सम्पत्ति बैकमा राखेर उद्योग खोलेका छन् । फरक परेको छ ती, व्यवसायलाई जसले आफु बसेको घर पनि बैकमा राखेर शहरमा एउटा सटर भाडामा लिएर व्यवसाय गरेर बसेका थिए । जो मुख्य सहरमा बैँकबाट ऋण लिएर ठुला ठूला महल बनाएका छन् । जो सडकका पेटीमा मकै पोलेर, फलफुल बेचेर, चटपटे बेचेर आफ्नो परिवारको गुजारा गर्थे । त्यसैको कमाइले बैकको व्याज तिर्थे । न्यून वर्ग र मध्यम वर्गीय मानिस आज यो लक डाउनको चपेटामा छन् ।

व्यापार व्यवसाय गर्ने मानिस लक डाउनमा घरमा बसेका छन् । सायदै आफ्नो पसल पुगेका छैनन् होला । पसलभित्रका सामानको अवस्था के होला ? कति सामान कुहिए होला ? कति सामानको म्याद गुज्रियो होला ? कति सामान मुसाले खाएर ढुट्टो बनायो होला । खाद्यान्न पसल त खोलेका छन् । अन्य पसलको हाल के होला ? लक डाउनमा परिवारसँग बसा,े आज के खाने खाजा ? के खाने सव्जी ? भनेर परिवारमा छलफल गरो, केहीपल भए पनि परिवारमा रमाउन खोजो । तर, पनि मनमा पीडा, दिमागमा ऋणको बोझ । अनि, बारम्वार बैकबाट आएको फोनले अझ तनाव बनाएको होला ।

मन खुसी बनाउन खोजो, मस्तिष्कमा ऋणको बोझले हानी हाल्छ । साहुको तिर्नुपर्ने हिसावले सम्झाई हाल्छ । घरभेटीलाई तिर्नु पर्ने घरभाडाले मन अमिलो बनाउँछ । लक डाउनमा छौँ हजुर हामी भन्न पनि नपाइने । स्कुलको फी, बैकको व्याज, घरभाडा, सबै सामाखरिद गरेर दैनिकी गुजारा गर्नुपर्ने अवस्था । अनि आफ्नो उद्योग, व्यापारलाई लकडाउन । यो जति ठूलो पीडा लक डाउनले अरु के नै दिन सक्छ ! प्रकृतिले सृष्टि गरेका हरेक चिज अस्थायी छन् ।

हाम्रो जन्म अस्थायी हो । हाम्रो यो शरीरमा रहेका हरेक चिज अस्थायी छन् । दात आउँछ जान्छ । कपाल आउँछ जान्छ । उमेर आउँछ जान्छ । रुपरंग सबै अस्थायी भइरहँदा यस्ता महामारी पनि अस्थायी नै हुन् । अवश्य यो एक दिन निर्मुल हुनेछ । हामीले हाम्रो जीवनमा सधैँ यसरी डर र त्रासमा बाँच्नु पर्दैन । यस्ता महामारी त कयाँै पटक आए होला । तर, हाम्रो जीवनमा यो पहिलो होला । हाम्रा पिता पुर्खाले कति यस्ता महामारीको सामना गर्नु भयो होला । कतिले जिते होला कतिले हारे होला । तर, संसार चलिरहेको छ । समय अघि बढिरहेको छ । विकास हुँदैछ । विनाश हँुदैछ । नयाँ नयाँ आविष्कार हुँदैछ । नयाँ नयाँ चुनौतिहरु थपिदैछन् ।

हिजो हामी ढुङ्गे युगबाट आज हामी स्वर्णिम युगमा आइपुग्दा कति चुनौतिहरु सामना गरियो होला । दिन आउँछ रात आउँछ । कुन पहिला आउनुपर्ने हो त्यो हामीलाई थाहा छैन् । तर हामीले हाम्रो जीवनलाई जसरी सजिलो हुन्छ त्यसरी नै हिसाव लगाएका छौँ । दिन हप्ता महिना साल भन्दै हाम्रो जीवन भोग्दै आएका छाँै । हिउँद वर्खा भन्दै प्रकृतिले पनि आफ्नो चर्खा चलाएको छ । त्यसै अनुसार आफ्नो सृष्टिलाई कहिले हरियो, कहिले उजाड कहिले बर्षा बादल, कहिले कठ्याङ्ग्रिने जाडो त कहिले टन्टलापुर घाम । यी सवै प्रकृतिका उपज हुन् । प्रकृति त सधैँ एकैनाश हुँदैन भने हामीले हाम्रो जीवनमा सधैँ एकैनाश हुन्छ भनेर नसोचौं ।

संसार चल्न यी सबै समय आउनु पर्छ । प्रकृति त स्थायी छैन् । जाडो जान्छ गर्मी आउँछ । बर्षा जान्छ हिउँद आउँछ । यसरी नै प्रकृति चलिरहेको हुन्छ । हामी पनि त्यसरी नै चल्नु पर्छ । आशा गरौँ, हामीले आज भोगेको दिन भोलि हुने छैन् । यो महामारीले हाम्रो जीवनमा धेरै कुरा बदल्ने छ । यो लक डाउनबाट हामीले धेरै शिक्षा लिने छौँ । जसले जीवनलाई अझ सहज, सरल र विकसित बनाउने छ । एकबारको जुनी बाँच्नु त छँदैछ जसरी पनि ।

यो महामारीले लगे नलगे पनि यो जन्म हाम्रो स्थायी होइन । अस्थायी हो । त्यसैले कर्म राम्रो गराँै । आशाको दियो बालौं । सुरक्षित भएर जीवनलाई सहज बनाएर दैनिकी आफ्नो गरौं । लक डाउनले मानिसलाई त्रास मात्र होइन, जीवनमा धेरै कुरामा परिवर्तन गर्ने छ । जीवनशैली परिवर्तन हुन सक्छ । सोचको विकास हुन सक्छ । पारिवारिक सम्वन्ध प्रगाढ बन्न सक्छ । रोग र भोकसँग लड्न सिकाउने छ । खेतीपातीको महत्व बढाउने छ । कृषि उत्पादन बढाउने छ । सकारात्मक सोचको विकास गराउने छ । वातावरण स्वच्छ भएर जाने छ । सरसफाईमा ध्यान जाने छ ।

आशा गराँै, लक डाउनले हामीलाई धेरै शिक्षा दिने छ । कोही भोकै बस्नु नपरोस् । सकेको सहयोग गरौँ । म, मेरो लागि मात्र नसोचौं । यो समाजमा बसिरहँदा, समाज आफ्नो ठानौँ । सुखदुख पनि स्थायी हुँदैनन्, आजदुख छ भनेर नसोचौँ दुखपछि सुख आउँछ आशाबादी बनौँ । मानिस नै सर्वश्रेष्ठ प्राणी भनेर भनिरहँदा सर्वश्रेष्ठ प्राणीको पहिचान बनाऔँ । गुमाउने त यहाँ धेरै छन् आफुले नगुमाऔँ ।