बालिकामा कोरोना, शिक्षण अस्पतालका ३८ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, १३ डाक्टरलाई घरमै बस्न निर्देशन



 

अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ।

घाँटीको समस्याका कारण दुई दिनपहिले भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा बिहीबार कोरोना पुष्टि भएको हो।

उनलाई कोरोना देखिएसँगै उनको उपचारमा संलग्न र उनको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र त्यहाँस्थित कर्मचारीको पनि कोरोना परीक्षण गर्न लागिएको हो। ३८ जनामध्ये १३ जना डाक्टर भने आ–आफ्नै घरमै क्वारेन्टिनमा बस्ने भएका छन्।

थप यो लिङ्कमा–https://nepalkhabar.com/society/26966-2020-05-14-08-38-25