कोरोनाको पीडा : तीनलाख आठहजार भन्दाबढीको मृत्यु



 

विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीव्र हुँदै गएकोछ । शुक्रवारसम्म ज्यान गुमाउनेको संख्या तीन लाख आठ हजार नाघेको छ । ४६ लाख २१ हजार भन्दाबढी संक्रमित छन् ।

१७ लाख ५५ हजार उपचारपछि निको भएका छन् । ४५ हजार भन्दाबढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ । अमेरिकामा सबै भन्दाबढी ८८ हजार चार सय मानिसको मृत्यु भएको छ । त्यहाँ १४ लाख ८३ हजार ९ सय बढी संक्रमित छन् । बेलायतमा २ लाख ६७ हजार संक्रमितमध्ये करिब ३४ हजार जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा २ लाख २३ हजार संक्रमितमध्ये ३१ हजार ६ सय बढीको मृत्यु भएको छ । फ्रान्समा २७ हजार ५ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १४ हजार ८ सय जनाको मृत्यु भएको छ ।

जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ । चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ । भारतमा करिब ८५ हजार संक्रमितमध्ये २ हजार ७ बढीे मृत्यु भएको छ । रसियामा करिब ३ लाख संक्रमितमध्ये २ हजार ४ सय बढीको मृत्यु भएको छ ।

चीनमा भन्दा भारतमा धेरै कोरोना संक्रमित
कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा संक्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा संक्रमण दिनहुँ बढ्दै छ । पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा संक्रमितको संख्या धेरै छ । भारतमा आज एकै दिन ३ हजार भन्दा धेरै जनालाई संक्रमण भएको पाइएको छ ।

भारतमा अहिलेसम्म ८५ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २३४ जना उपचार पछि निको भएका छन् । यस्तै, २७ सय जना भन्दा धेरैको ज्यान गएको छ । चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ ।

अहिलेसम्म चीनमा ८२ हजार ९३३ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६३३ जनाको ज्यान गएको छ । एजेन्सी