रौटहटमा भेटिए १० जना कोरोना सङ्क्रमित, जम्मा संख्या २९१



 

झापा–नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएको छ । पछिल्लो पाँच दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

विहीवार सिन्धुपाल्चोककी एकजना सुत्केरी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।आज विहान मात्रै रौटहटका थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहानै सूचना निकालेर थप १० जनामा संक्रमण पुष्टि भएको जनाएको हो।

राजपुर नगरपालिका फरदहवा–९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ स‌क्रमित भेटिएका हुन्‌।

रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना स‌ंक्रमित संख्या २९१ जना पुगेको छ। फरहदवा र इशनाथमा भेटिएका संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।