हतियारसहित दुई जना पक्राउ



 

जनकपुर– धनुषामा हतियारसहित दुई जना पक्राउ परेका छन् । शहीदनगर नगरपालिकाबाट आइतबार दुई जनालाई प्रहरीले हतियारसहित समातेको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र त्यही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह छन् ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा हतियार फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी जयराज सापकोटाले बताए । उनीहरुका साथमा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान भेटिएको छ ।