निर्दयी छोरी : बाबुलाई चिर्पट हानेर फरार, क्षणभरमा गयो ज्यान



 

इलाम– सामान्य विवादमा मान्छे कतिसम्म आक्रोसित हुन्छ भन्ने इलाम देउमाईको घटनाले देखाएको छ । घरायसी विवादमा छोरीले बाउलाई टाउकोमा चिर्पटले हानेर मारेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्ति डाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शान्ति डाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय फुलबहादुरको गएराति हत्या भएको हो । २५ वर्षीया छोरी सुष्माले उनको हत्या गरेको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

‘रातको समयमा झगडा भएको र छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ’, साहले भने । सुष्मा, उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि झगडा भएको थियो । घटनापछि फरार भएकी सुष्माको खोजी भइरहेको छ ।