चोरसँग पत्रकारको परिचय पत्र 



काठमाडौँ–लक डाउनको मौका छोपर होस्टलका सामान चोरी गर्ने दुई जना काठमाडौँमा पक्राउ परेका छन् । सिनामंगलको आरेर ५१ ब्याएज होस्टलबाट ४ थान ल्यापटप र भत्केको पुलबाट ल्यापटप र आइप्याड चोरी गर्ने बाराका अली आलम मिया र सुनसरीको इटहरीका हिमाल रसाईली पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ, ३ सय अमेरिकी डलर र धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले एक टेलिभिजनको प्रेस कार्ड देखाएर उम्कन खोजेका थिए । तर, उक्त परिचय पत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।