चीनलाई अमेरिकी चेतावनी, ‘हलुका रुपमा लिँदैनौँ’



 

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर चीनलाई कडा चेतावनी दिएका छन् ।चीनविरुद्ध पुनः डोनल्ड ट्रम्पको शाब्दिक आक्रमण आएको हो । ज्यानमारा कोरोनाभाइरस चीनबाट आएको र अमेरिकाले यसलाई हलुका रूपमा नलिने उनले बताए ।

‘यो चीनबाट आएको हो । हामी यसप्रति खुशी छैनौं । हामीले व्यापार सम्झौता भएको केही समयपछि नै यो आयो । हामी यसलाई हलुका रूपमा लिँदैनौं,’ ट्रम्पले मिशिगन काला जातिका नेताहरूसँग कुराकानी गर्दै भने ।

चीनले कोरोनाभाइरसको विस्तार रोक्न नसकेको भन्दै ट्रम्पले कैयौं हप्तादेखि चीनमाथि भााषिक आक्रमण जारी राखेका छन् । अमेरिकमा बिहीवारसम्म ९४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ । उनले चीनविरुद्ध कस्तो कदम चाल्ने हो भन्ने विषयमा कुनै संकेत दिएका छैनन् ।