नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५०७



 

झापा–नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमण बढ्दै गएकाले अधिकतम् सावधानी अपनाउनुको विकल्प नभएको बताए । मन्त्रालयका अनुसार नयाँ संक्रमित २० जना थपिएका छन् ।

कैलालीमा ३ जना, डढेल्धुरामा एक, बैतडीमा एक र बाँकेमा १४ जना संक्रमित भेटिएका हुन् । रतुवामाई मोरङमा पनि एक जना संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये नेपालमा हालसम्म नौ दिनकी सुत्केरीसहित तीन जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ।

नेपालमा हालसम्म पिसिआर विधिबाट ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको डा. देवबोटाले बताए ।