नातिको जन्मदिनमा हजुरबाले बाँडे राहत



 

बिर्तामोड– निर्माण व्यवसायी शेरबहादुर थापाले नातिको जन्मदिनमा लक डाउनले समस्यामा परेकालाई खाद्य सामग्री बाँडेका छन् । बिर्तामोड–१ का बासिन्दा थापाले नाति हिमालविक्रम थापाको ९ औं जन्मदिनको उपलक्ष्यमा आफ्नो टोलको ३० परिवारलाई खाद्य सामग्री बाँडेका हुन् ।

प्रतिपरिवार १० किलो चामल, दुई किलो प्याज, दुई किलो आलु लगायतका खाद्य सामग्री बाँडिएको थापाले बताए । ‘लक डाउन कारण दैनिक ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको थाहा पाएर टोलमै खाद्य सामग्री बितरण गरेँ’, थापाले भने ।

थापाकी श्रीमती निर्मला, नाति हिमालले विपन्न परिवारलाई खाद्य सामग्री बाँडेका हुन् । थापाले लक डाउनका बेला टोलमा बिरामी परेकालाई घर–घरमै पुगेर औषधि पनि बाँडिरहेको बताए ।