कोरोना संक्रमित थपिए, संख्या ५१६ पुग्यो



 

झापा–नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा ५०७ जनाको विवरण सार्वजनिक गरेको थियो । शुक्रवार साँझ थप नौ जनामा संक्रमण फेला परेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढ्दै गएकाले अधिकतम् सावधानी अपनाउनुको विकल्प नभएको बताए । मन्त्रालयका अनुसार मकवानपुर, भक्तपुर र सप्तरीमा एक– एक जना संक्रमित भेटिएका छन् भने बारामा छ जना भेटिएका छन् ।

यसअघि शुक्रवार दिउँसो कैलालीमा ३ जना, डढेल्धुरामा एक, बैतडीमा एक र बाँकेमा १४ जना संक्रमित भेटिएका थिए। रतुवामाई मोरङमा पनि एक जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको थियो ।

संक्रमितमध्ये नेपालमा हालसम्म नौ दिनकी सुत्केरीसहित तीन जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ।

नेपालमा हालसम्म पिसिआर विधिबाट ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको डा। देवबोटाले बताए ।