कोरोना भाइरसका ३२ संक्रमित थपिए, जम्मा संख्या ५४८



झापा– नेपालमा शनिवार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहानै सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब संक्रमितको संख्या ५४८ पुगेको छ । शुक्रवार रातिसम्म संक्रमितको संख्या ५१६ थियो ।

मन्त्रालयका अनुसार कपिलबस्तुमा ८, सर्लाहीमा १३, काठमाडौँमा १, बारामा १, रुपन्देहीमा ८ र चितवनमा एक जना गरी ३२ जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई जना महिला छन् । बाँकी पुरुष हुन् । १७ देखि ५५ वर्ष उमेर समूहका मानिसमा संक्रमण देखिएको हो ।