शव ल्याउन नसक्दा ५८ जना नेपालीको विदेशमा दाहसंस्कार गरिँदै



 

काठमाडौँ– विदेशमा ज्यान गुमाएका ५८ जना नेपालीको उतै दाहसंस्कार गरिने भएको छ । परिवारको स्वीकृतिमा उनीहरुको सम्वन्धित देशमा दाहसंस्कार गर्न लागिएको हो ।

लक डाउनका बेला अन्तर्राष्ट्रिय उडान समेत बन्दपछि शव ल्याउन समस्या छ । यो अवधिमा विदेशमा ज्यान गुमाएकामध्ये ५८ जनाको सम्बन्धित देशमै अन्त्यष्टि गरिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई बोर्डले ५० हजार रुपैयाँ सान्त्वना राहत दिने निर्णय गरेको बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । हालसम्म विभिन्न देशमा २ सय ७ जना नेपालीको शव रोकिएको छ ।