झापामा कोरोना संक्रमितको संख्या ३६



 

बिर्तामोड– झापामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । सबैभन्दा बढी भारतीय सीमावर्ती झापाको कचनकवल गाउँपालिकाका ३३ जना स्थानीय संक्रमित छन् ।

कचनकवलका सबै संक्रमित भारतबाट फर्किएर आएकाहरु हुन् । शनिवार झापा गाउँपालिकामा पनि भारतको मुम्वईबाट आएका ३३ वर्षीय युवामा कोरोना पुष्टि भएको छ ।

यसअघि झापाको दमक र बाह्दशीका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोशी कोभिड अस्पताल विराटनगरमा झण्डै तीन साता लामो उपचारपछि उनीहरु निको भएर घर फर्किसकेका छन् ।