कोरोना भाइरसका कारण विश्वमा ११७ नेपालीको मृत्यु



 

काठमाडौँ–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दाबढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ। समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट युएइमा १८ जना नेपालीको निधन भएको छ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबै भन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ।