नेपालमा कोरोना संक्रमितको संख्या ६०३



 

बिर्तामोड– नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या बढिरहेको बताए । आइतवार १९ जना संक्रमित थपिएका छन् । झापाको बाह्रदशी १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।

यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।