झापाको बाह्रदशीमा थप एक जनालाई कोरोना



 

बिर्तामोड– झापाको बाह्रदशीका एक युवामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापामा थप एक जना संक्रमति फेला परेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मोरङको बाह्रदशीका एकजना संक्रमित भनेपछि उनी झापाका हुन् ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका अनुसार संक्रमित व्यक्ति झापाको बाह्रदशी गाउँपालिकाका भएको जनाइएको छ ।

यसअघि बाह्दशीमा एक जना कोरोना संक्रमित फेला परेका थिए । कोशी कोभिड अस्पतालमा भएको उपचारपछि उनी घर फर्किसकेका छन् । यो विवरणसहित प्रदेश १ मा झापा सवैभन्दा धेरै संक्रमित भएको जिल्ला भएको छ ।

झापामा अब कोरोना संक्रमितको संख्या ३७ र प्रदेश १ मा ८७ पुगेको छ । झापामा सबैभन्दा बढी कचनकवल गाउँपालिकामा ३३ जना संक्रमित छन् ।

विराटनगरस्थित कोभिड उपचार केन्दमा ३५ जनाको उपचार भइरहेको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ जनाको उपचार भइरहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड उपचार केन्द्र विराटनगरबाट २६ जना कोरोना मुक्त भएर गइसकेका छन् । प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेका छन् । प्रदेश १ मा तीन स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।