हिमालय जनरल इन्स्योरेन्समा सहारा नेपालका कर्मचारीको कोरोना बीमा



 

बिर्तामोड– कोरोना भाइरसको जोखिमलाई हेरेर सहारा नेपाल अन्तर्गत सामुदायिक आवास कार्यक्रमले आफ्ना कर्मचारीलाई कोरोना भाइरसको बीमा गरिदिएको छ। सहारा नेपाल अन्तर्गत सामुदायिक आवास कार्यक्रमका कार्यरत कर्मचारीहरुलाई एक वर्षको लागि बीमा गरिदिएको सहारा नेपाल अन्तर्गत सामुदायिक आवास कार्यक्रमका लेखापाल राजु गिरीले जानकारी दिए।

कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएमा उनीहरुले बीमा रकम पाउनेछन्। कोरोना भाइरसको जोखिममा सबैभन्दा अग्रभागमा रहेर काम गर्नुपर्ने सहारा नेपाल अन्तर्गत सामुदायिक आवास कार्यक्रममा कार्यरत कर्मचारीलाई थोरै सुविधा दिने गरी बीमा गराइदिएको उनले बताए।

‘यस्तो बेलामा काम गराएपछि कर्मचारीको जिम्मा पनि सम्बन्धित संस्थाले नै लिनुपर्छ,’ उनले भने, ‘सोहीअनुसार हामीले कर्मचारीको लागि बीमा गरेका हौँ।’ सहारा नेपालले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि बिर्तामोड शाखा कार्यलय प्रमुख सुशील थापाबाट कर्मचारीको बीमा गरिदिएको हो।

सहारा नेपालले स्थापनाकालदेखि नै देशमा आइरहने विभिन्न खालका विपद तथा जोखिमको समयमा कर्मचारीको सुरक्षामा विशेष ध्यान दिँदै आएको उनले दाबी गरे।