बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलियो : प्रधानमन्त्री



 

झापा–ठूलो दुःख खपेर मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि फेरि आग्रह गरेका छन् ।

यसका साथै उनले परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएको पनि बताए । उनले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि उनले आग्रह गरे ।

घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।