प्रधानमन्त्रीले भने, ‘डरलाग्दो क्षतिबाट बचेका छौँ, तर ढुक्क हुने अवस्था छैन्’



 

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म डरलाग्दो मानवीय क्षतिबाट नेपाल बचेको बताएका छन् । देशबासीका नाममा सोमवार साँझ सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले सम्वोधनमा भनेका छन्, ‘समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णय र समयमै तय गरिएको अस्पताल सेवा सञ्चालन कार्यविधिको तर्जुमा र कार्यान्वयन लगायतका कदमहरुले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ ।’

दुई महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले यसरी हेर्दा दक्षिण एसियाका कतिपय मुलुकहरुको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भएको तर त्यो ढुक्क भएर बस्ने स्थिति भने नभएको बताए ।