जनसंख्याको दुई प्रतिशतसम्म परीक्षण विस्तार गर्ने सरकारको योजना



 

बिर्तामोड– सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई क्रमशः बढाउँदै लैजाने भएको छ । प्रयोगशाला विस्तारमा जोड दिँदै सरकारले परीक्षणको दायरा फराकिलो बनाउने तयारी गरेको हो ।

एउटा मात्र परीक्षण प्रयोगशालाबाट कोरोना जाँच सुरु गरिएकोमा अहिले २० ठाउँबाट नियमित परीक्षण भइरहेको छ ।

‘एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दाबढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको छ’,  सोमवार साँझ देशबासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने ।

विज्ञहरुले दिएको सल्लाह बमोजिम सरकारले कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा बनाएको प्रधानमन्त्री ओलीले बताए ।