४० मुरी धान फलाउने किसानलाई एक लाख रुपैयाँ पुरस्कार



 

पाँचथर–पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरी भन्दाबढी धान उत्पादन गर्ने किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

कोरोनाको महामारी तथा लक डाउनका कारण उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि गाउँपालिकाले किसानलाई उत्पादनमा प्रेरित गर्दै पुरस्कार दिने निर्णय गरेको हो ।

कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले पुरस्कारको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए ।

यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने किसानले समेत एकलाख पुरस्कार पाउने भएका छन् । यस्तै ३५ मन भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिइने निर्णय भएको छ ।