नगर प्रमुख सिवाकोटीको स्वास्थ्य अवस्था सामान्य



 

झापा– बिर्तामोडको बीएण्डसी टिचिङ हस्पिटलमा उपचाररत बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

घाँटी र मरुदेण्ड जोड्ने नसा चेपिएपछि अस्पताल भर्ना भएका नगर प्रमुख सिवाकोटीको सोमवार शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको दोस्रो दिन खानामा सफ्ट–डाइट दिन सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले सघन उपचार कक्षमा सिवाकोटीको उपचार जारी रहेको बताएका छन् ।