ग्रेस थियटिकल आर्टको भिडियो सिरिज ‘लक डाउन’



 

ग्रेस थियटिकल आर्टका कलाकारले एउटा नयाँ आयामको शुरुवात गरेका छन्। चौघरामा सीमित भएका दर्शकका लागि उनीहरुले ‘लक डाउन’ नामक अनलाइन भिडियो सिरिजको प्रशारण सुरु गरेका हुन् ।

प्रत्येक साता आफ्नै युट्युव च्यानल ग्रेस थियटिकल आर्टबाट प्रसारणमा ल्याउन थालिएको लक डाउन सर्ट मुभिमा नेपाली कलाकारिता क्षेत्रका अनुभवी निर्देशक दिनेशराज शर्माको लेखन तथा निर्देशन रहेको छ ।

कथा अवधारणा तेजस्वीनी वाँस्कोटाको रहेको उक्त सिरिजमा टेक्निकल एडभाइजर तथा सम्पादन सुवास लिम्वुको छ। पूर्ण सुनुवार निर्माता रहेको उक्त सिरिजलाई ग्रेस थियटिकल आर्टको व्यानरमा युनिक मिडिया हाउस चारआलीले प्रस्तुत गर्दैछ।

भिडियो सिरिजमा कलाकारहरु कमल श्रेष्ठ, लाजिमा श्रेष्ठ ,आकृकृति वस्नेत दमक, सलिना कार्की सुरुङ्गा, श्याम चौधरी काठमाडौँ, नहिम अलि चारआली ,पूर्ण सुनुवार धुलावारी, तेजस्वनी वाँस्कोटा धरमपुर ,विनु वजगाईं लक्ष्मीपुर ,दिनेशराज शर्मा, याम खरेल, डिल्लीमाया आचार्य, भूमिका भट्टराई र वाल कलाकार समता खरेल विर्तामोड रहेका छन्।

प्रज्ञा आचार्यको आलेख र उदघोषण रहेको सिरिजले अहिले दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ। कमेडी र समसामयिक विषयमा खिचिएको सन्देशमुलक उक्त सिरिज प्रत्येक हप्ताको शुक्रवार आफ्नै च्यानलवाट प्रसारण भइहेको सिरिजका निर्देशक दिनेशराज शर्माले बताए ।