बिर्तामोड प्रवेशमा अझै प्रतिबन्ध, पास विनाका सवारी रोकिने



 

झापा– बिर्तामोडमा छिमेकी पालिकाहरुबाट हुने प्रवेश अझै रोकिने भएको छ । नगरपालिकाले छिमेकी पालिकाबाट हुने प्रवेश खुला गर्ने निर्णय नभएको जनाएको छ ।

उपप्रमुख पवित्रा महताराले बाहिरबाट हुने आवतजावत खोल्ने विषयमा नगरपालिकाले कुनै निर्णय नगरेको बताइन् । ‘बाहिरबाट प्रवेश रोक्ने यसअघिको निर्णय फेरबदल भएको छैन’, उपप्रमुख महतराले भनिन्, ‘बाहिरबाट मान्छे आउन दिने हो भने फेरि बिर्तामोडमा थामिनसक्नुको भीड हुन्छ ।’

नगरका सिमानामा रहेका छिमेकी पालिकाहरुबाट हुने प्रवेश र आवतजावतलाई पूर्णत बन्द गर्न सुरक्षा निकायले सम्वन्धित वडा र टोल विकास संस्थाहरुसँग समन्वयात्मक ढंगले कार्य अघि बढाउने निर्णय भएको उपप्रमुख महताराले बताइन् ।

यसअघि पालिकाहरुबाट बिर्तामोड प्रवेश गर्ने क्रम तीव्र भएपछि बिर्तामोड नगरपालिकाले सबै क्षेत्र बन्द गर्ने निर्णय गर्दै यस्तो प्रवेश रोक्ने निर्णय गरेको थियो ।

व्यवसायिक क्षेत्रको परामर्शपछि बुधवार नगरपालिकाले अत्यावश्यक पसल तथा बैक वित्तिय संस्था खोल्ने पूर्ववर्त तालिका यथावत रहेको जनाउँदै लक डाउन खुकुलो पार्ने निर्णय गरेको हो । नगरपालिकाले पासविनाका कुनै पनि सवारी साधन चल्न नदिने निर्णय गरेको उपप्रमुख महतराले जानकारी दिइन् ।

यस्तो छ नगरपालिकाको अपिल

अरु स्थानीय तहबाट बिर्तामोड छिर्न नदिने निर्णय, पासविनाका सवारीमा रोक