बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई पितृशोक



बिर्तामोड– बिर्तामोडको बीएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई पितृशोक परेको छ । प्रसाईका बाबु कृष्णप्रसादको बिहीवार दिउँसो २.४० बजे हृदयाघातका कारण निधन भएको हो ।

८५ वर्षीय प्रसाईलाई बुधवार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । प्रसाईको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रवार विहान ८ देखि १० सम्म बीएण्डसी हस्पिटल परिसरमा राखिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए । १० बजे कनकाई माइमा उनको अन्तिम दाहसंसकार गर्ने कार्यक्रम छ ।