रुकुम हत्याकाण्डको विरोधमा आ–आफ्नो ठाउँबाट प्रदर्शन



बिर्तामोड– झापा युवा सरोकार समाजले विहीवार लक डाउनको पालना गर्दै आफू रहेको ठाउँबाट रुकुम हत्याको विरोध गरेको छ । समाजका सदस्यले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आ–आफ्नै ठाउँबाट विरोध जनाएका छन् । विरोधसहित समाजले तस्वीर संकलन गरी एकमुष्ट विरोध विरोध जनाएको छ ।

पश्चिम रुकुमका नवराज बिकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै प्रदर्शन भएको हो । प्रेम विवाह गर्न खोज्ने दलित युवालाई कुटेर मारिएपछि देशव्यापी आलोचना भइरहेको छ । सरकारले समेत घटनाको छानविन अघि बढाएको छ ।

जातिय हिंसाको विरोधमा एकजुट भइ लड्न आहन गर्दै आ–आफ्नो ठाउँबाट विरोध जनाइएको समाजका अध्यक्ष प्रशान्त गिरीले बताए । समाजले घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कार्बाहीको माग पनि गरेको छ ।