फैलियो कोरोना, देशभर १२ सय भन्दाबढी संक्रमित



 

बिर्तामोड– नेपालमा अहिलेसम्म एक हजार दुई सय १२ जनालाई कोरोना संक्रमण भएको छ । शुक्रवार १७० जना थपिएका छन् । उपचारपछि २०६ जना निको भएर घर फर्किएका छन् । तीमध्ये ३० जना प्रदेश १ बाट डिस्चार्ज भएका छन् ।

शुक्रवार नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो।

एकै दिनसय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन बनेको छ। हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए। नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार पार भएको थियो। बिहीवार साँझ ८ बजे स्वास्थ्य मन्त्रालयले गरेको गरेको अपडेट अनुसार १ हजार ४२ जना संक्रमित थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

संक्रमितको संख्या उच्च हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक डाउनका बाबजुद पनि संक्रमण तीब्र हुँदै गएको बताए ।