कर तिर्न व्यवसायीलाई सरकारको ताकेता



 

झापा– सरकारले व्यवसायीलाई कर तिर्न ताकेता गर्न थालेको छ । तोकिएको समयभित्र सरकारले कर बुझाउन व्यवसायीलाई भनेको हो । सरकारले सार्वजनिक सूचना निकालेर कर तिर्न भनेपछि व्यवसायी अन्योलमा छन् ।

पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न सरकारले दवाव दिएको हो । जेठ २५ मा पछिल्लो मिति सकिँदैछ । लक डाउनका कारण व्यापार व्यवसाय बन्दा हुँदा नोक्सानी व्यहोर्न बाध्य भएका व्यवसायी सरकारको ताकेता पछि रनभुल्लमा छन् ।

तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न सरकारले ताकेता गरेको हो। आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना निकालेर जेठ २५ गतेभित्र कर बुझाए शुल्क, थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न सकिने जनाएको छ ।