झापाका पुराना राजनीतिज्ञ कृष्णप्रसाद प्रसाईको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त



 

झापा– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका पुराना राजनीतिज्ञ कृष्णप्रसाद प्रसाईको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

२००७ सालको राजनीतिक क्रान्तिमा सहभागी भई मुलुकमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान पुर्याएका प्रसाईको निधनले पार्टीलाई अपूरणीय क्षति भएको भन्दै प्रचण्डले प्रसाईको निधन प्रति समवेदना व्यक्त गरेका हुन् ।

अर्जुनधारा नगरपालिका– ११ मा स्थायी वसोवास रहेका प्रसाईको जेठ १५ गते ८५ वर्षको उमेरमा हृदयघातका कारण बीएण्डसी टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईका पिता कृष्णप्रसादले सामाजिक र धार्मिक क्षेत्रमा समेत उत्तिकै योगदान पुर्याएका थिए ।

प्रचण्डले नेकपा प्रदेश कमिटीमार्फत पठाएको समवेदना पत्र नेकपा प्रदेश कमिटी सदस्य जीवन आचार्यसहितका पदाधिकारीले प्रसाई परिवारलाई प्रदान गरेका छन् ।