एकै दिन थपिए २०१ जना कोरोना संक्रमित



 

झापा– नेपालमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १८९ पुरुष र २२ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । यसअघि मंगलवार एकै दिन २८८ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर संक्रमितको संख्या २३०० जना पुगेको बताए । बुधवारसम्म २७८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २२२ पुरुष र ५६ जना महिला छन् । क्वारेन्टाइनमा देशभर १ लाख ५५ हजार ८ सय ६८ जनालाई राखिएको छ । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् ।