भद्रपुरका तीन जना पुरुषलाई कोरोना



 

बिर्तामोड–झापाका कोरोना संक्रमित थपिएका छन् । झापा भद्रपुरको क्वारेन्टाइनमा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भद्रपुरको कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर–१ का ५६ वर्षीय पुरुष र ३ नम्बर वडाका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी कलवलगुरीकै क्वारेन्टिनमा बसेका कचनकवल–६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएको भद्रपुर नगरपालिकाले जनाएको छ । यसअघि भद्रपुरको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।