२६ सय नाघ्यो कोरोना संक्रमितको संख्या, एकै दिन ३३४ संक्रमित फेला, थप एक जनाको मृत्यु



 

झापा– नेपालमा कोरोना संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३३४ जनामा संक्रमण फेला परेको बताए ।

योसँगै कुल संक्रमितको संख्या २६३४ पुगेको छ । विहीवारसम्म २९० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २३४ पुरुष र ५६ जना महिला छन् । प्रदेश १ बाट हालसम्म ४८ जना डिस्चार्ज भएका छन् ।

क्वारेन्टाइनमा देशभर १ लाख ६१ हजार २ सय ६२ जनालाई राखिएको छ । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् । पाल्पामा ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । पाल्पाको मिसन अस्पतालमा उनको मृत्यु भएको हो । मृतकको संख्या १० पुगेको छ ।