बर्माबाट २६ नेपाली स्वदेश फिर्ता



 

काठमाडौँ–बर्माबाट आज २६ नेपाली स्वदेश फर्केका छन्। विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णयसँगै उनीहरुलाई नेपाल ल्याइएको हो। उनीहरु अब १४ दिन क्वारेन्टिनमा बसेपछि घर जानेछन्। अन्य देशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने तयारी सुरु भइसकेको छ।