२७८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या तीन हजारको हाराहारीमा



 

झापा– नेपालमा पछिल्लो २४ घण्टामा ११ महिलासहित २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या २९१२ पुगेको बताए। शुक्रवारसम्म ३३३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २७२ पुरुष र ६१ जना महिला छन् । प्रदेश १ बाट हालसम्म ७६ जना डिस्चार्ज भएका छन् ।

क्वारेन्टाइनमा देशभर १ लाख ६६ हजार ७ सय ६५ जनालाई राखिएको छ । तीमध्ये प्रदेश १ मा ४०५९ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् ।