दुई जना कोरोना संक्रमित फरार



 

झापा– रामेछापबाट शुक्रबार दुई जना कोरोना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएका १७ जनामध्ये दुई जना फरार भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकाका दुई जना संक्रमित फरार भएको अस्पतालका डा. आनन्द आचार्यले बताए ।

शुक्रवार गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सम्पर्कमा आएका गोकुलगंगा गाउँपालिकाका ९ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जना गरि १५ जनालाई भने जिल्ला अस्पताल रामेछाप लगिएको छ।