कोरोनाले भारतमा सात हजार भन्दाबढीको मृत्यु



 

झापा–भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ७ हजार ४७३ जनाको मृत्यु भएको छ । भारतमा २ लाख ६५ हजार ९२८ जनालाई संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१ लाख २९ हजार ९५ जना उपचारपछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार एकैदिन ८ हजार ४४२ जना संक्रमित थपिएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।