बिर्तामोडको कृषिथोक अगाडि लुटपाट, दुई अभियुक्त पक्राउ



 

बिर्तामोड–लुटपाटको अभियोगमा अर्जुनधाराका दुई युवक समातिएका छन् । पीडितको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्जुनधारा–११ का मन्त चेम्जोङ र मनकुमार बुढाथोकी छन् ।

अर्जुनधारा–४ का अनुप भनिने आइत सुब्बाको जेठ २८ गते बिर्तामोडको कृषिथोक अगाडिबाट नगद र मोवाइल लुटेको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई समातेको हो ।

सुब्बाले बिर्तामोडको ग्लोवल आइएमइ बैकबाट निकालेर लगेको दुईलाख १२ हजार रुपैयाँमध्ये उनीहरुले एकलाख ५० हजार रुपैयाँ र मोवाइल लुटेको डीएसपी मुकुन्द रिजालले बताए ।

साइकलमा घर गइरहेका सुब्बालाई रोकेर आफू पनि सँगै जाने भन्दै उनीहरुले पैसा र मोवाइल लुटेका हुन् । पक्राउ परेकाहरुका साथमा ९० हजार नगद फेला परेको छ । दुई वटा आइटेल कम्पनीको मोवाइल र एउटा मे४प ३२५ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।